समाचार

आज आमाको मुख हेर्ने दिन, यसको धार्मिक र सामाजिक महत्व


काठमाडौँ – आज वैशाख कृष्ण अमावाश्य तिथि अर्थात् आफूलाई जन्म दिने आमाको सम्मान गर्ने दिन । नेपाली समाजमा भन्ने गरिए अनुसार आमाको मुख हेर्ने दिन । हरेका वर्षको कृष्ण पक्षको औशी तिठिमा पर्ने यो पर्व न्मदाता आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँने गन्छि र यो वर्ष पनि मनाइँदै छ ।


हिन्दू परम्परा अनुसार शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । भगवान् रुपी आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

यो पर्व धार्मिक दृष्टिले मात्र नभई सामाजिक दृष्लिे पनि महत्व राखेको छ । धर्म शास्त्रमा बताइएको कुरा त छदैँछ त्यो बाहेक पनि यस्ता पर्वले समाजमा हुने आमा बुवासँग बिग्रेको सम्बन्धलाई सुमधुर गर्छ भने सुमधुर भएको सम्बन्धलाई सौहार्दको ईटा थप्ने काम गर्छ ।


आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । त्यस्तै आजकै दिन चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको छ । गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो ।