समाचार

आजदेखि कालिमाटी तरकारी बजार बन्द


काठमाडौँ – कोरोनाको संक्रमणलाई सक्दो कम गर्ने उद्देश्यले सरकारले कालिमाटीको तरकारी बजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ। १५ दिनका लागी खुद्रा तथा कृषक बजार बन्द गर्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालाय काठमाडौंले तोकेको लकडाउन अवधिभर कालिमाटी बजार समितिले तरकारी तथा फलफूल पसल बन्द गर्ने निर्णय सुचनाद्वारा जानकारी गराएको हो।