कोरोना विशेष

अनुदान स्वरुप दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपग्दै


काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वाथ्य सामग्री लिन बेइजिङ गएको विमान स्वाथ्य सामाग्री लिएर आज आईपुग्दै छ। नेपाल वायु सेवा निगमको वाइड बडी जहाजमा अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिएर आज दिउँसो दुई बजे काठमाडौँ आउन लागेको हो ।

वायुसेवा निगमका अनुसार जहाजले पहिले खेपमा चीनबाट ४ सय थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर ल्याउनेछ। चीन सरकारले नेपाललाई अनुदान स्वरुप २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरिसकेको छ । भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री भने स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने बताइएको छ ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।