कोरोना विशेष

काठमाडौँमा जेठ २ गतेदेखि चिनियाँ खोप लगाउने तयारी


काठमाडौँ – चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘भेरोसेल’ यही जेठ २ गतेदेखि लगाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको हो ।

जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी भिडभाड हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएको हो ।

खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने बताउनुभयो ।

हेर्नुहोस् विज्ञप्ति :