राजनीति

ओलीलाई विश्वासको मत दिनु उचित थिएन : माधव नेपाल


काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत दिन उचित नहुने भएकाले सोमबारको बैठकमा अनुपस्थित भएको प्रष्टिकरण दिएका छन् ।

सोमबार साँझ विज्ञप्ति निकाल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधि गरेर राज्यलाई नै कमजोर बनाएको, प्रदेश सरकारलाई सत्ता संघर्षतिर धकेलेको जस्ता कारण देखाउँदै विश्वासको मत दिनु उचित नहुने बताएका छन् ।