कोरोना विशेष

भारतको स्थिति झन् भयावह बन्दै


काठमाडौँ – भारतमा दिनहु बढिरहेको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण रोकिने अवस्थमा नै देखिदैन । प्रत्येक दिन संक्रमितको संख्या झनै उकालो लाग्दै छ । एक लाख, दुई लाख हुँदै अहिो दिनहु संक्रमित हुनेको संख्या बड्दै गएको छ । भारतमा लगातार चौथो दिन चार लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार लाख नौ हजार ३०० संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या बढेर ३७ लाख ४२ हजार १५ पुगेको छ। अहिलेसम्म भारतमा दुई करोड २२ लाख ९५ हजार ९९१ जनामा कोरोना पुष्टि भइसकेको छ।

संक्रमितको संख्यासँगै दैनिक मृत्यु हुनेको संख्या पनि थपिदै गएको छ । त्यहाँ लगातर चार हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा चार हजार १३३ जनाको मृत्यु भएको छ। चार हजारभन्दा बढीको मृत्यु भएको आज दोस्रो दिन हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४२ हजार ३९८ पुगेको छ।