खेलकुद

च्याम्पियन लिगको फाइनल अघि चेल्सीद्वारा सिटी पराजित


काठमाडौँ – च्याम्पियन लिग खेल्नु अघिको खेलमा चेल्सीले म्यान्चेष्टर सिटीलाई पराजित गरेको छ । इंगलिस प्रिमियर लिग फुटबलअन्तर्गत भएको भेटमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको हो ।

शनिबार राती सिटीको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन जियाच र अलोन्सोले गोल गरे । सिटीका लागि रहिम स्टर्लिङले सान्त्वान गोल गरेपनि टिमलाई जिता दिलाउन भने सकेनन् । पहिलो हाफको अन्तिममा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा सिटी पराजित हुन बाध्य बन्यो । सर्जियो अग्वेरो पेनाल्टीमा गोल गर्न चुकेको थियो ।
जितपछि चेल्सी ३५ खेलबाट ६४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । सिटी भने ८० अंकसहित शीर्ष स्थानमा कायमै छ । चेल्सी र सिटी यस सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेका टिम हुन् । यो खेलले चेल्सीलाई फाइनल खेल केही आत्मबल मिल्ने छ । फाइनल खेल यही मे २९ तारिखमा टर्कीको इस्तानबुलमा हुदैछ ।