कोरोना विशेष

रुपन्देहीमा उपचारको क्रममा कोरोन संक्रमितको दुई जनाको मृत्यु


काठमाडौँ – रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार दुबैजना बैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका थिए । उनीहरुमध्ये ४८ वर्षीय पुरुषको गएराति ११ बजे र ३० वर्षीया महिलाको शनिवार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको प्रवक्ता गौतमले बताए ।

योेसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५५ पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार दिउँसो ४ः३० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार रुपन्देहीमा २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार रुपन्देहीमा ७ सय ८२ जना नयाँ संक्रमित थपिएका थिए । जिल्लामा ६ हजार सक्रिय संक्रमित पुगेका छन् ।