राजनीति

मन्त्रिपरिषद् बैठक : वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने निर्णय


काठमाडौँ – सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।

धेरैले महत्वपूर्ण राजनीतिक निर्णय हुनसक्ने भनेर गरेको अनुमान विपरित बैठक कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पतालहरुका व्यवस्थापन कसरी गर्ने भन्ने बारेमै केन्द्रित रहेको मन्त्रीहरुले जानकारी दिनुभयो ।

बैठकमा सोमवार शुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिने प्रक्रियामा कोभिड संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ ।