कोरोना विशेष

भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिदै, नेपालमा पनि त्यसको प्रभाव


काठमाडौँ– विश्वमा दोस्रो लहरको कोरोना भाइसर फैलिरहेको बेलामा नेपालको छिमेकी मुलुक भारत यसको ‘हटस्पट’ बनिरहेको छ । त्यहाँ दैनिक जसो चार लाख भन्दा बढी मानिस संक्रमण भईरहेका छन् ।

पछिल्लो २४ घण्टामा नै त्यहाँ ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ । अहिलसम्म भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ । यस्तै त्यहाँ एकैदिन ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ ।
भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा बढेसँगै नेपालमा पनि यसको त्रास छाएको छ । अझै पनि भारतीय सीमानबाट हजारौंको संख्यामा मानिसहरु नेपाल भित्रिरहेका छन् । जसको प्रभाव नेपालमा पनि दिनहु संक्रमितको संख्या बढिनै रहेको छ ।