समाचार

पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ कोरोना संक्रमण पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ३१५ परिक्षणमा ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन् ।

कुल संक्रमितमध्ये हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् । हाल ३९८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा ३ हजार ३७० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

सो अवधिमा कोरोनाबाट ५३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३ हजार ६३२ पुगेको छ ।