राजनीति

नेपाली राजनीतिका चतुर खेलाडी ओली, अब यस्तो कदम चाल्दैछन्


काठमाडौँ – भनिन्छ, संकटमा जसले जोखिममोलेर कदमचाल्न सक्छ भविष्यका लागि उही नै नायकबन्ने मार्गमा लम्कीन्छ । तर वर्तमान राजनीतिकगतिरोध चिर्न कुनै नेतृत्वले अघि सर्ने आँट गरेन । बरु प्रधानमन्त्री ओलीले जस्तो कदम चाल्छन् त्यसकै बाटोमा हिड्न विपक्षीबाध्य छन् ।

प्रतिनिधि पुनःस्थापनापछि दलहरुबीच देखिएको गतिरोधले न वैकल्पिक सरकार निर्माण हुन सक्यो, न वर्तमान सरकार सुरक्षितबन्ने अवस्था नै आयो । पक्षविपक्षले चाल्ने एक–अर्काको कदमलाई लिएर सशंकितदलहरुले कुनै ठोस निकास दिन सकेनन् । सत्ताको बाघडोर सम्हालेको ओलीपक्षले आफ्नो विरोधीलाई हेराहेर गर्ने र ओलीको चर्काे विरोध गर्ने विपक्षीले ओलीलाई हेराहेर गर्ने सिवाय यसबीचमा अरु केहीहुन सकेन ।

बरु ओलीअबैधानिक रुपमा सत्तामा छन् भनिरहने तर उनको विरुद्ध निकम्माबन्ने विपक्षीको शिथिलताकैबीच स्वयम ओलीले आए आँपगए झटारो झैँ गरि कदमचालिदिए । सहजअवस्थामा रहेका ओलीले विश्वासको मतलिने निर्णय गरेपछि ओली आँटिलो जोस सहित संसदीय लडाइँमा होमिदै छन् भन्ने संकेत गरेको छ । जोखिममोलेर कदम चाल्दा थप संकट पर्नसक्ने आतंकले अनिर्णयको बन्दी बनेका दलहरुसामू ओलीले शान्त पोखरीमा पुन ढुंगा हानेकाहुन् । लामो समय बदलिँदो राजनीतिमा मुकदर्शक बनेको कांग्रेसले समेत अविश्वासको प्रस्तावसहित वैकल्पिक सरकार निर्माणको बारेमा गृहकार्य थालेको छ ।

राजनीतिकगतिरोध टार्नकालागिनेतृत्वले जोखिममोलेरै भएपनि निकासको बाटो पहिल्याउनु पर्छ । तर आफुले चालेको कदमकतै आफैलाई भारी पर्ने त होइनभन्ने डरले दलहरु विगत ३ महिनादेखिअस्थिरताको खेल खेलिरहेका छन् । कांग्रेस र माओवादी केन्द्रले निर्णय गरेर अघि बढ्दा नयाँ राजनीतिक समीकरणको अर्काे निर्णायक शक्ति जसपाले अझै ठोस निर्णय बाहिर ल्याएको छैन । यसैकारण अन्यदलहरु जसपालाई राजनीतिकनिकासको बाधकभनेर अथ्र्याईरहेका छन् ।

सरकार फेरबदलले आन्तरिक किचलोमाफसेको यो पार्टी बरु फुट्ने अवस्थामा छ तर पक्षविपक्षको मतमा एक ढिक्का भएर उभिन सकेको छैन । यद्यपीप्रधानमन्त्री ओलीले आफू अल्पमतमा पर्ने देख्दा देख्दै पनि जोखिममोलेर अक्करपार गर्न खोज्दै छन् ।

त्यस भन्दा अगाबै कुनै राजनीतिक घटनाक्रम विकसित नभएहालको गतिरोध बैशाख २७मा बस्ने संसद्को विशेष अधिवेशनले चिर्नेछ । तर ओलीको सक्रियता हेर्दा यस्तो विश्लेषण हुने गरेको छ की, ओली राजनीतिकचतुर्याइँ र धुरत्याइँगर्न खुबसिपालु छन्, आफू पराजयहुने अवस्थाआए विगतकाझैँ अकल्पनीय र अप्रत्यासित निर्णय लिएर देशलाई अर्काेमोडमा पुर्याउन सक्छन् । त्यो कदम विपक्षीलाई पुन एक पटक झुक्याएर ओली स्वयमका लागि भने फाइदाहुन सक्दछ । यद्यपीओलीको धृष्टताले मुलुकको राजनीतिपुनः एक पटक संगीनमोडमा आइपुगेको छ ।