कोरोना विशेष

निषेधाज्ञा लगाउने जिल्लाको संख्या ६२ पुग्यो (सूचीसहित)


काठमाडौँ – कोरोनाको दोस्रो लहर रोक्नको लागि सरकारले ५१ जिल्लामा पूर्ण र ११ आंशिक रुपमा ६२ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म ६२ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
तर, कोरोना संक्रमितको संख्याले भने दैनिक रेकर्ड काय गरिरहेको छ । विश्वका शक्तिशाली राष्ट्रहरु पनि कोरोना नियन्त्रणमा चुकिरहेको अवस्थामा नेपालले भने रोकथामको आवश्यक तयारी नै नगरेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

शनिबार थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २,३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।


नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा दैनिक रेकर्ड कायम हुने गरेको छ । थपिएका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकाका रहने गरेका छन् । संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दो छ । अहिले विभिन्न अस्पतालमा विरामी राख्ने वेड छैन । वेड भएका ठाउँमा अक्सिजनको अभाव छ । कोरोना संक्रमणकै कारण देशका एकपछि अर्को जिल्लामा निषेधाज्ञा जारी भइरहेका छन् । जनजीवन कष्टकर बनिरहेको छ । तर, सरकारले भने आतङकितहुने स्थिति नरहेको र सबै जिम्मा सरकारले लिने बताउछ ।

संक्रमणको पछिल्लो ग्राफले स्थीति भयावह भएको देखाउँछ । छिमेकी देश भारतमा देखिइरहेको भयावह अवस्थाले नेपालीलाई नराम्ररी झस्काएको छ । गत वर्षको कोरोना लहरभन्दा यो वर्ष गम्भीर बिरामीको संख्या बढ्दो छ । यसअघि भर्ना भएका बिरामीमध्ये ६० प्रतिशतलाई मात्र अक्सिजन आवश्यक पर्ने गरेकोमा अहिले त्यो बढेर ८० देखि ९० प्रतिशत पुगेको विज्ञहरुले बताउछन् । छिमेकी राष्ट्र भारत जस्तो जनशक्ति भएको देशमा त कोरोना संक्रमण नियन्त्रण हुन सकेको छैन भने नेपालमा समय मै उचित कदम नचाले नियन्त्रण हुन कठिन हुने विज्ञहरु बताउछन् ।

यस्तो संकटको बेलामा व्यवस्थापन गर्न मुश्किल परेको पूर्वअनुभव छन् । संक्रमण बढिरहेको संकेत स्पष्ट मिलिसकेकाले कोभिड उपचारका लागि वैकल्पिक व्यवस्थापनमा सरकार र सरोकारवाला सक्रिय बन्नु पर्दछ । नत्र भने भारतको जस्तो भयावह अवस्था नेपालमा पनि नआउला भन्न सकिंदैन ।
कुन जिल्लामा कहिलेदेखि कहिलेसम्म निषेधाज्ञा ? तलको सूचीमा विस्तृत विवरण :