कोरोना विशेष

जनप्रतिनिधिको गाडी नगरवासीको सेवामा


काठमाडौँ – गाडी तथा एम्बुलेन्सको अभावका कारण कोरोना संक्रमितको मृत्यु भइरहेको समाचार आईरहदा मोरङमा भने जनप्रतिनिधिहरुले नै आफ्नो गाडीबाट सेवा दिएका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यबहाक सभापति अरुण न्यौपानेले कोरोना संक्रमितका उपचारका लागि गाडी उपलब्ध गराएका छन्।

महानगर प्रमुख पराजुलीले महानगरपालिकामा संक्रमितको संख्या बढ्दै गएको र अस्पताल लैजान सकस भएकाले आफूले प्रयोग गर्दै आएको गाडी नगरवासीको सहजताका लागि उपलब्ध गराएको जानकारी दिए । विराटनगर महानगरपालिकामा शुक्रबार १ सय ७१ पुरुष र १ सय ९२ महिलागरि कुल ३ सय ६३ जनाका संक्रमण पुष्टि भएको छ। महानगरपालिकामा हालसम्म २ सहजा ५ सय ४७ जनामा संक्रमण पुष्टि भइसकेको महानगर कोभिड १९ संयोजक हैदर अलीले जानकारी दिए।