विदेश

चीनमा उत्पादित सिनोफार्मलाई डब्ल्यूएचओको मान्यता


काठमाडौँ – चीनमा बनेको कोरोनाविरुद्धको अर्काे एक खोपले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट मान्यता पाएको छ । डब्ल्यूएचओले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको हो ।
डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै १८ यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने जनाएको बीबीसीले जनाएको छ । सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।

डब्ल्यूएचओले आगामी दिनमा एक अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा निर्णय लिने सम्भावना छ । यस्तै रुसी खोप स्पुतनिक भी को मूल्यांकन पनि डब्ल्यूएचओले गर्दै आएको बीबीसीको समाचारमा उल्लेख छ ।