कोरोना विशेष

कोरोनाको महामारी भयावह भयो,सबै मिलेर सम्हालौं : प्रवक्ता श्रेष्ठ


काठमाडौँ – नयाँ भेरियन्ट देखिएसँगै देशमा कोरोना महामारी भयावह बन्न थालेकाले यसलाई बेलैमा नियन्त्रण गर्नेतर्फ सबै लाग्न नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आह्वान गरेका छन् ।

प्रवक्ता श्रेष्ठले शनिबार वक्तव्य जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ । श्रेष्ठले यसका लागि आफ्नो सचिवालयअन्तर्गतको कोभिड स्वयंसेवा समूह पुनः क्रिययाशील भएको जानकारी पनि दिएका छन् ।

कोरोनाको महामारी भयावह भएको भन्दै नेकपा माओवादी केन्द्रले यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको छ । अहिले संक्रमितको संख्या ह्वातै बढेको छ भने गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने विरामीहरुको संख्या र मृतकको संख्या पनि बढ्दो छ । भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई पार्टीकाले गम्भीरताका साथ लिएको समेत बताएको छ ।