राजनीति

सरकार ढल्ने चिन्ताले ओली रातभर निदाउँदैनन् : सपनामा पनि प्रचण्ड–देउवा देख्छन्,जनता देख्दैनन्


काठमाडौँ – असल राजनीतिक संस्कारको खडेरी परेको मुलुकको एउटा विशेषता हो, जसजति आफैं लिने, अपजसजति अरूलाई दिने । प्रधानमन्त्री ओलीको व्यवहारले पनि यही प्रतित गराउँछ ।

आजभोली प्रधानमन्त्री केपी शर्मा ओली राति १२ बजेसम्म निदाउनु हुन्न रे । उनी निकट नेताहरुको भनाई यस्तै छ । देश कोरोना भाइरसको आतंकले भयावित हुँदा प्रधानमन्त्रीको निद्रा हराउनुका कारण भने सरकार कसरी जोगाउने होला भन्ने चिन्ताले हो ।

किनकि अस्पताल बाहिर शैय्याको पालो कुरिरहेका संक्रमितहरुको चीत्कार जति कारूणिक र हृदयविदारक छ, प्रधानमन्त्री ओलीको कुर्सी जोगाउने चीत्कार पनि उत्तिकै दर्दनाक छ । विपक्षीहरुको महागठबन्धनले सरकारको आयु सकिदै गएका बेला ओलीको सम्पूर्ण ध्यानसत्ताको खेलमा छ । महामारीविरुद्ध लड्न सबैको विश्वास जितेर प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका लिनुपर्ने थियो । तर, उनी ठिक उल्टो बाटोमा छन् ।

प्रधानमन्त्री ओलीलेघोषणा गरे जस्तै गरी खोप आएको भए यतिवेला अधिकांश नेपालीले कोरोनाविरुद्धको खोप शरीरमालगाइसक्थे । तर सरकारले भारतीय कम्पनीसेरुमसंग ५० लाख खोप ल्याउने प्रक्रिया अघि बढाएकै बेला प्रधानमन्त्रीकै छत्रछाँयाका दलालीहरुको ३२ करोड ४३ लाख कमिशन खाने चक्करले तीन करोड नेपालीको खोप लगाउने सपनामाथि कुठाराघात भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण बर्ष २०२० को संयोजक बनाएका व्यापारी सुरज वैद्य र विजय दुगडको हुकम डिस्ट्रीब्युसन एण्ड लजिष्टीकले कमिशन खान नपाएको झोकमा शक्ति प्रयोग गरेर स्वास्थ्य मन्त्रालयको खोप ल्याउने प्रक्रियामाथि रोक नै लगायो । तर प्रधानमन्त्रीलाई यो विषयमा जानकारी हुँदा पनि चुपचाप नै बसे ।

स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले खोप ल्याउन अवरोध गर्ने तपाईँकै मान्छे हुन् भनेर ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री ओलीले, ‘ए हो’ भनेर टारेको बुझिएको छ ।हुकमलाई कमिसन दिने वा सीधै खरिद गर्ने विषयमा राज्यका निकायहरू करिब २ महिना जति आपसी विवादमैफसे । प्रधानमन्त्रीले अग्रसरता लिएर खोप ल्याउन मन्त्रालयलाई सहज बनाई दिएको भए धेरै नागरिकको ज्यान बच्थ्यो ।बरु पशूपतिमाआर्यघाटको क्षमता बढाउन थालियो तर नागरिकको जीवन रक्षातर्फ ध्यान दिईएन ।

संक्रमितको मृत्युले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह यन्त्रको क्षमताले नभ्याएपछि वागमती किनारमा जलिरहेका शवको दृश्यले जो–कोहीलाई स्तब्ध बनाउँछ । हेर्दै कति कुरुप र न्यायोचित नलाग्ने यी दृश्यहरु अझै कति हेर्नुपर्ने हो पत्तो छैन । तर मुलुक जतिसुकै संकटमा गए पनि प्रधानमन्त्री ओलीले आफ्नो रवैया बदल्ने छाँट पटक्कै देखिंदैन ।