समाचार

पशुपति आर्यघाटको फ्याक्ट के हो ? सलाम ती नेपाली सेना र युवाहरुलाई । ५ घण्टे बसाईको असाधारण दृश्य


काठमाडौँ – कोरोनाबाट मृतकको संख्या बढेपछि पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृह परिसरमा भीडभाड बढेको छ । शव व्यवस्थापन थप कपठन बन्दै जाँदा घाटमा खटिनेहरुले फुर्सद समेत पाउन छाडेका छन् । त्यहाँको वातावरण विल्कुल शोकाकुल बनेको छ ।

कोरोना केही होइन, अरु रोगले मृत्यु भएकालाई पनि कोरोना पुष्टि गरेर भ्रम र आतंक फैलाए भन्ने सुचनाबाट धारणा बनाउनुभएकाहरुको वास्तविकता बुझ्न हामी शुक्रबार पशुपति पुग्यौँ । पशुपतिस्थित विद्युतीय शवदाह गृह परिसर पुग्दा झण्डै दुई सय जना मानिसहरु मलिन अनुहारमा थिए । नेपाली सेनाको शववहानबाट धमाधम पिपिइले र्याप गरिएका शवहरु झारिँदै थियो । एउटै शववाहनमा विभिन्न अस्पतालबाट संकलन गरेर ५ वटासम्म शवहरु ल्याइदोरहेछ ।
आफन्तजन कसैले पनि आफन्तको शव छुन पाएका छैनन् । गेटपारी रहेको शवमा लेखिएको नामका आधारमा सेनाको अनुमति पाएसम्म फुल माला र अक्षेताले आफन्तलाई अन्तिम श्रद्धाञ्जली दिँदै थिए । उनीहरुले अन्तिमपटक अनुहार समेत हेर्न पाएनन् ।
पशुपति क्षेविकास कोषका अनुसार विद्युतीय शवदाह गृहमा दैनिक २८ वटासम्म सदगद गर्न सकिन्छ । बाँकी बागमती किनारमा अस्थाई रुपमा यसरी जलाउन थालेको पनि ४ दिन भइसक्यो । आज पनि यहाँको दृश्य उस्तै छ । जस्तो ४ दिन अघि सुरु भएको थियो । बरु संख्या थपिएका छन् ।
यी सदगद गर्ने युवाहरुलाई न थकाई मार्ने फुर्सद देखियो र भोक मार्ने । ५ घण्टासम्म हामी यहाँ रहँदा उनीहरुले उनीहरुले फुर्सदमा आराम गरेको हामीले देख्न पाएनौँ । आगोको रापसंगै पीपीइले गुम्सीएका उनीहरु आएको शवलाई व्यवस्थापन गर्ने बाहेक अरु सोच्ने फुर्सद छ जस्तो देखिएन ।
बस उनीहरु निरन्तर चिता बनाइरहेका छन् र निरन्तर अन्त्यष्टी गरिरहेका छन् । जल्दै गरेकाका आफन्तहरु कोही पुलबाट कोही नदी पारिबाट हेर्दै विक्षिप्त थिए ।

शोकमा डुबेका मृतकका आफन्तहरु भन्दै थिए, यो आतंक मच्चाइयो भनेर कोलाहल गर्ने समय होइन, न कोरोना केही होइन भनेर धारणा बनाउने र घमण्ड गर्ने नै समय हो ।

अस्पतालमा विरामी कुर्दादेखिको अनुभव सुनाउदै उनी भन्छन् सरकारले लकडाउनलाई अक्षरस कडा बनाइनु पर्छ, नत्र स्थिती हाम्रो कल्पना भन्दा बाहिर जान सक्छ । तर दैनिक ५० औँ जनाको शव जलिरहँदा यही रोड भएर दैनिक दर्जन भन्दा बढि विवाह र जन्तीका गाडीहरु लस्कर कुदीरहेका छन् । हुन त विवाह मानिसको नीजि मामिला हो । यसमा हाम्रो त्यत्ति धेरे टिप्पणी छैन तर यो महामारी रोक्न केही हप्ता मात्रै भएपनि कडा प्रकारको लकडाउन गरेर सरकार अघि बढ्नु पर्ने कोरोनाको पीडा भोगेकाहरुको सुझाव छ ।