देश

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने एक मन्त्रीले जानकारी गराएका छन् ।

आज कोभिड–१९ को न्यूनीकरण, नियन्त्रणका प्रयासहरूका सन्दर्भमा र केही नियमित कार्यसूचीमाथि छलफल हुने बुझिएको छ । त्यस्तै, केही महत्त्वपूर्ण एजेन्डामाथि पनि निर्णय हुनसक्ने बताइएको छ ।