राजनीति

प्रधानमन्त्रीले बोलाए आकस्मिक स्थायी समितिको बैठक


काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा आकस्मिक स्थायी समितिको बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्रीले बोलाउनु भएको बैठकमा आगामी वैशाख २७ गते ओलीले लिने विश्वासको मत र आगामी वैशाख ६ गते हुने बागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतको विषयमा छलफल हुने नेता सुवास नेवाङले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष ओलीले बैठकमा बुधबार काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि व्रिफिङ गर्नुहुनेछ । बैठक अबको केहीबेरमा नै सुरु हुनेछ ।