राजनीति

आज मन्त्रीपरिषद्को बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको छ । ओलीले आज साँझ पाँच बजेका लागि सरकारी निवास बालुवाटारमा बैठक बोलाउनु भएको हो ।

विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बने पछि मन्त्रिपरिषद् बैठक बस्न लागेको एक मन्त्रीले बताएका छन् । आज बिहान ११ बजे अध्यक्ष ओलीले पार्टी स्थायी कमिटीको बैठक पनि बोलाउनु भएको थियो । स्थायी कमिटीको बैठक सकेलगत्तै अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवस पुग्नुभएको थियो । प्रधानमन्त्री ओली आज बिहानदेखि नै दौडढुपमा व्यस्त देखिनुभएको छ ।