देश

१४ वर्षिय बालिकालाई करणी गर्ने पक्राउ


काठमाडौँ – राजधानीस्थित सुन्धाराको एक होटलमा १४ वर्षिया नाबालककिशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २९ वर्षीय शम्भु लामा रहेका छन् । स्थायी घर दोलखाको भिमेश्वर–९ रहेका लामा अहिले भने काठमाडौँ महानगरपालिका पुतलीसडकमा बस्दै आइरहेका थिए ।

प्रहरीका अनुसार लामाले दुई दिनसम्म होटेलमा बन्धक बनाएर बालिकलाई जबरजस्ती करणी गरेको हो । किशोरीलाई विभिन्न प्रलोभन देखाएर होटलमा लगेको र बाहिर निस्कन नदिएर लामाले २ दिनसम्म होटलको कोठामा राखेको प्रहरीले जनाएको छ ।

लामा भाग्दै गरेको अवस्थामा बानेश्वरबाट पक्राउ परेको हो । पक्राउ परेका लामालाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखेर आवश्यक कारवाही अघि बढाएको छ ।