अर्थनीति

निषेधाज्ञाले कच्चा पदार्थ आपूर्ति नहुँदा बन्द हुन थाले उद्योग, सरकारले बेवास्था गरेको व्यवसायीहरुको आरोप (भिडियोसहित)


काठमाडौँ – कोरोनाको दोस्रो लहर आक्रमक रुपमा बढिरहँदा अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएको छ । जसका कारण चलिरहेका उद्योगहरु पुनः बन्द हुने खतरा बढेको छ । आयात सर्कुलेसन चेन बन्द हुन सक्ने चेतावनी अर्थविद्हरुले दिइरहेको अबस्थामा सरकारले भने खाद्य पद्धार्थको अभाव नहुने दाबी गर्दै आएको छ ।
अहिले देशका धेरै शहरहरुमा निशेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना चलाउन सकिने गरि विकल्प दिएको छ । तर निशेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्दहुने खतरा बढेको छ । आंसिक रुपमा उद्योग सुचारु भए पनि कच्चा पदार्थ अपुर्ती र उत्पादीत सामनले बजार नपाउदा थप संकट उत्पन हूने आकलन गरिएको छ ।

कोभिड महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि अधिकांस जिल्लामा निषेधाज्ञा जारी भए सँगै औद्योगिक क्षेत्र प्रभावित हुन थालेका छन । कतिपय उद्योग बन्द भएका छन् भने कतिपय आंशिक रुपमा मात्रै चलेका छन । काठमाडौं उपत्यकामा रहेका तीनवटै औद्योगिक क्षेत्रमा निषेधाज्ञाको असर प्रत्यक्ष देखिएको छ । तीनवटै औद्योगिक क्षेत्रमा औसत ६० प्रतिशत उद्योग सञ्चालनमा आए पनि उत्पादन क्षमता भने उल्लेखिय रुपमा कटौती गरिएको छ । त्यस्तै, मुलुकभित्र सञ्चालित झण्डै साढे ८ हजार उद्योगमध्ये ४ देखि ५ हजारमा प्रत्यक्ष कोरोनाको असर परेको आँकलन गरिएको छ । निषेधाज्ञाको प्रभाव यतिखेर मुलुकका साना तथा मझौला लघु उद्योगदेखि ठूला उत्पादनका उद्योगहरुमा समेत परेको छ । मुख्य रुपमा बजारीकरणमा समस्या देखिएको उद्योगीहरु बताउँछन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बजारीकरण नै नभएपछि उत्पादनको औचित्य नभएको बताउँछन् । साथै उद्योगका लागि आवश्यक कच्चा पदार्थको पनि सहज आपूर्ति हुन नसकेको उनको गुनासो छ ।

छिमेकी देश भारतबाट नेपालमा सवैभन्दा बढि कच्चा पदार्थ ल्याउने गरिन्छ । तर त्यहाँ पनि कोरोनाको महामारी उच्च भए पछि नेपालमा कच्चा पदार्थ ल्याउन कठिनाई भएको छ । सामानहरु भन्सारमा बल्ल तल्ल आई पुगे पनि २, ३ दिन होल्ड हुने गरेको गुनासो उद्योगीहरुको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत नेपालका उद्योगमा कच्चा पदार्थ अभाव हुदै गरेकाले बेलैमा व्यवस्थापन गर्नु पर्ने बताउँछन । नेपालमा उत्पादन हुने प्रोडक्ट बिस्तारै कम हुँदै गएको र मार्केटको सर्कुलेसन चेन बन्द हुने खतरा रहेको उनको चेतावनी छ ।

काठमाडौं उपत्यकालगायत विराटनगर, वीरगन्ज, बुटवल–भैरहवा, नेपालगन्ज, चितवनलगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा निशेधाज्ञा घोषणा भएपछि अत्यावश्यकबाहेकका उद्योगहरू बन्द भएका छन्, केही ठाउँमा स्वास्थ्य मापदण्ड पालना गर्दै उद्योग सुचारु त भएका छन तर कच्चा पदार्थ र कामदारको समस्या भने विकराल बन्दै गएको छ ।