गण्डकी प्रदेश

अविश्‍वास प्रस्ताव निष्‍क्रिय जस्तै : नवनियुक्त प्रदेश प्रमुख पौडेल


काठमाडौँ – गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले अविश्वास प्रस्ताव निस्क्रिय जस्तै भइसकेको बताउनुभएको छ । बुधबार प्रदेश प्रमुखको पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द हुदा अविश्वासको प्रस्ताव निष्क्रिय भएको प्रतिक्रिया दिनु भएको हो ।

सञ्चरकर्मीसँग कुरा गर्दै प्रदेश प्रमुख पौडेलले भन्नुभयो , विना सरसल्लाह सभामुखले अनिश्चितकालका लागि सदन स्थगित गर्नुभएको भन्ने सुनेको र आफूले त्यससम्बन्धि सभामुखसँग छलफल गरी सहजीकरणको भूमिका खेल्ने उल्लेख गर्नु भयो । गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १५ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । वैशाख १५ गते बसेको बैठक अविश्वास प्रस्तावमाथि मतदान नगरी स्थगित गरिएको थियो ।
सरकारले सोमबार अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । माओवादी निकट शेरचनलाई अपदस्थ गरेर एमाले निकट पौडेललाई पद दिइएको हो । शेरबहादुर देउवा सरकारले नियुक्त गरेका बाबुराम कुँवरलाई हटाएर गतवर्ष कात्तिक १७ गते अमिक शेरचन नियुक्त भएका थिए। उनले १८ महिना जिम्मेवारी पाए। गण्डकी प्रदेशमा पौडेल तेस्रो प्रदेश प्रमुख हुनुहुन्छ ।