Breaking

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा माओवादी केन्द्रको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकोे एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो । ओलीले लिने विश्वासको मत असफल गराउने र वैकल्पिक सरकार निर्माणबारे स्थायी कमिटीमा छलफल हुँदैछ ।