कोरोना विशेष

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय


काठमाडौँ – सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २० गते राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले भारतबाट हुने सबै उडान स्थगित गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडान भने वैशाख २२ गते रातीबाट स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले केही दिनअघि उडान बन्द गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो ।