राजनीति

मुख्यमन्त्री पोखरेलको चलाखीले कसलाई फाइदा पुग्यो ? (भिडियोसहित)

एकैपटक तीन सांसदले साथ छोडे, अब के हुन्छ ?


काठमाडौँ – लुम्बिनीमा विकसित आजको राजनीतिक घटनाक्रमले दिनभर उथुलपुथल मच्चाएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा पेश गरेर थालेको नयाँ सरकार गठनदेखि आफ्नै पार्टीका सांसदले छोडेको विषयले केन्द्रसम्म थरंगित बनाएको हो ।

आइतबार विहानदेखि लुम्बिनी प्रदेशमा विकसित घटनाक्रमले प्रदेशदेखि केन्द्रसम्मको राजनीति तरङगित छ । एकाविहानै मुख्यमन्त्री शंकर पोखरेलले अप्रत्याशित रुपमा राजीनामा दिएपछि सबै अचम्मीत मात्रै परेनन्, उनको बाँकी कदमलाई लिएर सशंकित पनि बने । किनकि मुख्यमन्त्री पोखरेलले एक कदमपछि हट्दै दुई कदम अघि बढ्ने जो चतुँ¥याई गरेका थिए ।

विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने तयारी गरिरहेकै बेला मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दल एमालेकै माधव पक्षले फ्लोरक्रसको तयारी गरेका थिए । तर पोखरेलको चलाखीपनले संकटबाट सहज अवतरणको बाटो खोजे ।अविश्वासको प्रस्तावमा गएको भए जम्मा ८१ सांसद रहेको लुम्बिनीमा बहुमत पुग्न ४१ सांसद आवश्यक थियो जुन एमालेको पोल्टाभित्रको सांसद गन्दा पनि ठ्याक्कै पुग्थ्यो । त्यसमा माधव समूहका २ जना थिए जसले फ्लोर क्रस गर्न सक्थे। त्यसैले अविश्वास प्रस्ताव सामना गर्नु भन्दा मुख्यमन्त्री पोखरेललेराजीनामा दिएर फेरी बहुमत प्राप्त दलको हैसियतले एकल बहुमतीय सरकार बनाउने लाइन बनाए ।

यदि यसो भएको खण्डमा संविधानको धारा १८८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाईने व्यवस्था छ । जसले पोखरेलले नयाँ सरकार गठन गरेको कम्तीमा दुई वर्ष ढुक्कले चल्न सक्छ । र अर्काे विकल्प, यसरी प्रदेश प्रमुखबाट नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिएर अघि बढ्ने विकल्प पनि पोखरेलसामू छँदै थियो । तर मुख्यमन्त्री पोखरेलले डाँढु पन्यूँ चलाएको अनुसार खिचडी पाकेन ।किनकि दिउँसोतिर पोखरेल पुनर्नियुक्तिकै तयारीमा रहेका बेला एमालेकै सांसद विमला वलीले माओवादी केन्द्रमा प्रवेश गरेर पोखरेलको गणितमा फेल खुवाइदिइन् ।

हाल माधव पक्षको कित्ताबाट राजनीति गरिरहेकी उनले मुख्यमन्त्रीलाई फेल गराउनकै लागि माओवादी केन्द्रमा प्रवेश गरेको देखिन्छ । प्रवेश लगत्तै आफ्नो सांसद अपहरणमा परेको विज्ञप्ती जारी गर्न भ्याएको शंकर पोखरेल समूहलाईओलीले फेरि झड्का दिइन् ।उनले आरोपलाई खण्डन गर्दै भनेकिछिन्, कसैले अपरहण गरेको नभई आफ्नो रोजाईले माओवादीमा प्रवेश गरेको हो ।

ओलीले माओवादी केन्द्रमा प्रवेश गरेकि छन भने कपिलवस्तु २ ‘क’बाट निर्वाचित एमालेकै अर्का सांसददुगनारायण पाण्डेले राजीनामा दिएका छन् । यो संगै मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका छन् ।

आजै पोखरेलले मुख्यमन्त्रीका रुपमा पुनर्नियुक्ति लिइसकेका छन् । पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै विपक्षीहरुले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको माग गर्दै ४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसामु दाबी पेश गरेका छन् ।

जसमा सूर्य चिन्हबाट चुनाव जितेका कपिलवस्तु–२ (ख) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले समेत मुख्यमन्त्री पोखरेलको साथ छोडेर केसी नेतृत्वको सरकारको पक्षमा हस्ताक्षर गरेका छन् ।तर आइतबार विकसित राजनीतिक घटनाक्रमको पटाक्षेप भइसकेको छैन । यद्यपी, बाठो बन्न खोजेका मुख्यमन्त्री पोखरेलको सरकार पुनः धर्मराएको छ भने विच्कीएका सांसदहरु शिर्ष तहका नेताको अभिष्टपूर्तिका लागि बलिको बोका बनेको स्पष्ट छ ।