कोरोना विशेष

कोरोना संक्रमितद्वारा आत्महत्या


काठमाडौँ – रुपन्देहीको सैनामैनामा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सोही नगरको रानिबगियाका ४० वर्षीय पुरुषले आज शौचालयमा आत्महत्या गरेको प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । मृतकको शव बुटवल पठाइएको प्रहरीले जनाएको छ । यस्तै बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ ।