Breaking

मजदूरलाई नछोएको श्रमिकदिवस, बन्दले गाँस खोसिएपछि आँशुसँग छाक टार्छन


काठमाडौँ – आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । तर कोरोना महामारीका कारण यस वर्ष पनि श्रमिकहरुलाई यो दिवसले खासै छुन सकेन । बरु बन्दाबन्दीको अवस्थामा दिनभर पसिना बगाएर साँझ विहान छाक टार्नेहरुलाई रोग र भोट दुवैले सताएको छ ।

काभ्रेका राजु तामाङ विगत १२ वर्ष देखि काठमाडौँको क्षेत्रपार्टीमा रिक्सा चलाउदै आएका छन् । उनको परिवार पाल्ने आम्दानीको श्रोत नै यही रिक्सा हो । तर यो रिक्साले व्यापार नपाएको ३ दिन भयो । जसरी रिक्सा खाली छ त्यसैगरी रिक्साका मालिक राजुको पेट पनि खाली छ । बाँच्नका लागि कसैले बासी भात नै ल्याएर दिए पनि खुसी भएर खाने उनको आश छ । राजु मात्रै होइनन्

यी युवा रित्तो ठेलागाडामा सुतिरहेका छन् । थहा छैन आँखा बन्द भएपनि बन्दले निम्त्याएको अनेकौँ पीडाहरुले मन कति भतभत पोलिरहेको होला । उनीहरुलाई न श्रमिक दिवसले छुन सक्यो न अरु कुनै खुसी या रहरहरुले ।

सिन्धुलीका गुन्जे विकको पिडा पनि उस्तै छ । उनी २० वर्ष देखि यहि रिक्सा चलाएर परिवार पाल्दै आएका छन् । तर, अहिले नत सरकारले राहतको व्यवस्था मिलाएको नत आफुले खाने जोहो नै गरेको छ । यस्तो अवस्थामा मुस्किलका साथ दिन कटाउनु परेको बताउछन् ।

बन्दाबन्दकिो समयमा समेत थुप्रै श्रमिकहरु सडक मै सुतिरहेका भेटिन्छन् । सरकारले निषेधाज्ञा गरिरहंदा त्यो आम नागरिककै लागि हो भनेर सबैले बुझ्नु पर्दछ । महामारीबाट मासनलाई जोगाउन बन्दको अव्सथा श्रृजना गरिए पनि यसरी श्रम गरेर जीवन गुजार्ने निम्न आय श्रोत भएकाहरुलाई राज्यले विशेष कुनै प्याकेज ल्याउन नसक्दा श्रमिकहरुको यो हाल भएको हो ।

सन् १८९० देखि संसारभरिका श्रमिकहरूले आफ्नो विजयउत्सवको रूपमा मनाउन प्रारम्भ गरेको अन्तर्राष्ट्रिय श्रमिक दिवसले १३२ वर्षको उतार–चढावलाई पार गरेको छ । तर, यस वर्ष पनि मे दिवस मनाउँदै गर्दा नयाँ भेरियन्ट कोरोना भाइरसको महामारीबाट प्रताडित छ ।