Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

एमाले सांसदद्वारा गण्डकी प्रदेश सभा अवरुद्ध


काठमाडौँ – नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध गरेको छ । मंगलबार बसेको बैठकमा पीसीआर परीक्षण गर्न माग गर्दै बैठक अवरोध गरेको हो ।

नेकपा एमालेका गण्डकी प्रदेश सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग गरे । गण्डकी प्रदेश सभामा बोल्दै उनले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन आग्रह गरे ।

कतिपय सांसदहरु दिर्घरोगिसमेत भएको अवस्थामा पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन उनको आग्रह थियो । प्रदेश सभाको विशेष अधिवेशनमा आजदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने कार्यसूची छ ।