Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

ओलीलाई हटाउन हतारिएका प्रचण्डले समर्थन फिर्ता किन लिदैनन् ? कारण यस्तो (भिडियोसहित)


काठमाडौँ – माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिदा वर्तमान राजनीतिक गतिरोध थप लम्बिने संकेत देखिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई लिएर सबैभन्दा धेरै हतारिएको माओवादी केन्द्रले नै ओली अल्पमतमा पर्ने निश्चित नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्दा जारी राजनीतिक गतिरोधले निकास पाउन नसकेको हो ।

गत पुस ५ मा भएको प्रतिनिधिसभा विघटनपछिका सभा समारोह र फागुन ११ मा सर्वाेच्चले गरेको संसद् पुनःस्थापनापछि प्रधानमन्त्रीको राजीनामा माग्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि छन् । सरकार परिवर्तनलाई लिएर सबैभन्दा धेरै हतारिएका प्रचण्डले फागुन २३ मा सर्वाेच्चले तत्कालिन नेकपा बदर गर्दै माओवादी केन्द्र र एमालेलाई पूर्ववत अवस्था फर्काइदिएपछि पनि समर्थन फिर्ता लिएनन् ।नेकपा अस्थित्वमा रहँदा एउटै पार्टीको हैसियतमा सरकारमा सामेल भएपनि अहिले माओवादी केन्द्रको सरकारसँग कुनै साइनो छैन । तर पनि हालसम्म प्रचण्डले समर्थन फिर्ता लिनेछनक देखाएका छैनन् । बरु माओवादीकै समर्थनमा बहुमतको सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रचण्डलाई समर्थन फिर्ता लिन खुलेआम चुनौती दिदै आएका छन् ।तर माओवादीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमलाई लिएर प्रचण्ड सशंकित बनेको संकेत गर्छन ।

प्रचण्डले यसअघि नै चैत १४ गते प्रज्ञा प्रतिष्ठानको डबलीबाट नैतिक रूपमा आफूले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन नसक्ने घोषणा गरेका थिए । त्यसयता सार्वजनिक मञ्चबाटै पटकपटक केही दिनमैनयाँ सरकार बन्ने उद्घोष प्रचण्डले गर्दै आएका छन् । माओवादीको स्थायी कमिटीले सरकारलाई दिएकोे समर्थन फिर्ता लिने/नलिने विषयमा निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै सुम्पिएको छ । तर माओवादीले समर्थन फिर्ता लिएपछि पनि राजपालाई साथमा लिएर विश्वासको मत लिन सक्ने सम्भावना कायमै रहेकोले प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेका छैनन् । जसले नयाँ सरकार निर्माण र ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कांग्रेसहितका दलको एजेण्डा डेढ महिनादेखि अनिर्णित बनेको छ।

प्रधानमन्त्री ओलीको विकल्प खोज्न अघि बढेका विपक्षी दल नेपाली कांग्रेस, जसपा र माओवादी केन्द्र मिले वैकल्पिक सरकार सहजै बन्न सक्छ । तर यी दलहरुबीच देखिएको अविश्वासका कारणसत्ता समीकरणमा सहमति जुट्न सकेको छैन । विशेषगरी राजपाले ओली सरकारलाई नै समर्थन गर्ने या विकल्प खोज्ने भन्नेबारे निर्णय लिन नसक्दा जारी राजनीतिक गतिरोध तत्काल हट्ने सम्भावना देखिंदैन ।