Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कोभिड–१९ रोकथाम गर्न प्रधानमन्त्रीलाई गगन थापाको ध्यानाकर्षण (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण, रोकथामका र न्युनिकरण तथा व्यवस्थापनमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन् ।

सोमबार एक भिडिओ सन्देश जारी गरेका सांसदसमेत रहेका पूर्वस्वास्थ्य मन्त्री थापाले तीव्र रूपमा कोरोना बढिरहेकोले यसले भयावह स्थितिको संकेत गरेको उल्लेख गरेका छन् ।

तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ । यो बेला कोरोना संक्रमणको रोकथाम,न्यूनीकरण र व्यवस्थापन गरेर जन जीवन जोगाउने बाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन। संसद चालु नभएकोले भिडियोमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणको गरेको थापाले बताउनुभएको छ ।