Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू



काठमाडौँ – कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो ।

यो नियम मोटरसाइकलदेखि सार्वजनिक सवारी साधन, मालवाहक ढुवानीका साधन र निजी प्रयोजनका चार पांग्रे गाडीमा समेत लागू हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका जिल्ला प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिनुभयो । एम्बुलेन्स र शब वाहन तथा औषधि, दूध बोक्ने तथा सरकारी कर्मचारी, प्रेसका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू नहुने थापाले बताउनुभयो ।

यस्तै वैठकले वैशाख मसान्तसम्म रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द गर्ने र परीक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । यसअघि रुपन्देहीमा बुटवल र भैरहवाका विद्यालय मात्र बन्द गर्ने निर्णय गरिएको थियो ।