Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले भोलीका लागि डाँकिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो । भोली केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गरि मंगलबार बैठक बस्ने गरी स्थगित भएको हो ।

बैठकमा अन्य पार्टीबाट काँग्रेस प्रवेश गर्नेहरुको उचित व्यवस्थापन गर्ने, विदेशमा रहेका पार्टीको महाधिवेशनका मतदातालाई अब समावेश नगर्नेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै, काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय लिएपछि माओवादीसहितका दलहरूसँग संवाद गर्दै आएको छ । सोहीअनुसार पटक पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपासँग पनि छलफल भएको छ ।