Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

माधव नेपालसहित ४ नेताको रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो । बिहीबार वारेस तिलकबहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट दायर गर्नेमा माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको विरुद्ध उनीहरु अदालत गएका थिए । नेकपा एमालेका अध्यक्ष ओली र निर्वाचन आयोगलाई समेत नेपालसहितका नेताहरुले विपक्षी बनाएका छन् ।