Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन : परराष्ट्र मन्त्री ज्ञवाली


काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आइतबार बसेको एमालेको महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले सीसीएमसीको बैठकले गरेको सिफारिस लगाएतका विषयमा जानकारी गराएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसबाहेक पार्टीको ह्रवीप उल्लंघन गर्ने सांसदहरुलाई कारबाही गर्ने विषय समेत बैठकमा सामान्य छलफल भएको ज्ञवालीले बताउनुभयो ।

स्पष्टीकरण सोधिएका नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटिलाई दिइएको अबस्थामा कर्णाली प्रदेशमा जस्तै अन्य स्थानमा समेत फ्लोर क्रस हुनसक्ने विषयमा पनि छलफल भएको ज्ञवालीले बताउनुभयो । यस्तै प्रवत्ता ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

उहाँले लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि बताउनुभयो । यस्तै, आयोजक कमिटीको बैठकले पनि कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।