Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

यी हुन् कोरोनाको खोप लगाउने अस्पताल


काठमाडौँ – आजबाट राजधानीका केही अस्पताललाई कोभिड–१९ विरुद्धको चिनिया खोप निरन्तर लगाउने गरी तोकिएको छ ।

यस्तै कोभिसिल्ड खोपको दोस्रो डोज निरन्तर लगाउने खोप केन्द्र पनि तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, त्रिवि शिक्षण अस्पतालमा कोभिसिल्डको दोस्रो डोज आजदेखि निरन्तर लगाउने गरि तोकेको हो ।

यस्तै भेरोसिलको पहिलो डोज आजबाट सिभिल अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरबाट निरन्तर लगाइने मन्त्रालयले जनाएको छ ।

यस्तै भोलीदेखि प्रसुतिगृह, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र हिमाल अस्पतालबाट भेरोसिल खोप निरन्तर लगाइने छ ।