Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा केन्द्रीय कार्यसमिति बैठकमा एजेण्डासहित समसामयिक विषयमा छलफल हुने छ । मुख्यगरि, पार्टीको १४ औँ महाधिवेशन, क्रियाशील सदस्यता वितरणको प्रगति, नयाँ सरकार गठन, राष्ट्रिय सभा निर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा पदाधिकारीसहित केही केन्द्रीय सदस्यलाई पनि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४औँ महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।