Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाज

लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या बढेसँगै काठमाडौँ उपत्यकामा पुन: लकडाउन गर्न सिफारिस गरेको छ । कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई लकडाउन गर्न सुझाव दिएको हो ।

मन्त्रालयको सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुने बताइएको छ । हाल विश्वभर फैलिएको कोरोनाको नयाँ लहरका कारण नेपालमा पनि दिनहुँ हजारौको संख्यामा संक्रमित भेटिन थालेका छन् । यस्तै, शून्यमा झरेको मृत्यु संख्यामा पनि वृद्धि भएको छ ।