Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

पूर्वराज दम्पती अस्पताल भर्ना


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँका पत्नी कोमलराज्य लक्ष्मी शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि शाह दम्पतीलाई अस्पताल भर्ना गरिएको हो ।

पूर्वराजा शाहका संवाद सचिव फणि पाठकका अनुसार स्वास्थ्यमा समस्या देखिएसँगै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना गरिएको हो । शाह यसघि निर्मल निवासस्थित सेल्फ आइसोलेशनमा हुनुहुन्थ्यो ।

भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।