Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज: नेपाल र नेदरल्यान्ड्सबीच उपाधि भिडन्त आज


काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

टियु क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ । करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ । नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ । चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको पहिलो स्थानमा रहँदै फाइनलमा आइपुगेको हो भने नेदरल्यान्ड्स समान खेल खेल्दै दुई जित र एक बराबरी खेल्दै ५ अंक जोड्दै दोस्रो हुदै फाइनलको यात्रा तय गरेको हो । यसअघि लिग चरणमा भएको खेलमा दुवै देशले एक-एकमा जित हात पारेका थिए ।