Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

भारतको राजधानी दिल्लीका अस्पतालहरुमा अक्सिजन सकियो


काडमाडौँ – भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ ।
अन्य अस्पतालहरुमा पनि केही घन्टाका लागि मात्रै अक्सिजन आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय दिल्लीमा अक्सिजन नपाएर मर्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । अस्पतालका सघन उपचार कक्षका शैयाहरु ९९ प्रतिशत विरामीले भरिएका छन् । भारत दोस्रो लहरको संक्रमणका कारण विश्वमै सबैभन्दा प्रभावित छ । दैनिक संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमण मात्रै होइन दैनिक मृत्युदर पनि विश्वमै भारतको सबैभन्दा उच्च छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्रै २ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ६२ लाख रहेको छ । संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि १ लाख ८७ हजार नजिक पुगेको छ ।