काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले शुक्रबार(आज) देखि सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो ।
आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाइने पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।
नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि कोषले मन्दिर दर्शनमा रोक लगाउने निर्णय लिएको जनाएको छ ।
प्रतिक्रिया