काठमाडौँ – नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले करिव ९० लाख बराबरको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका धादिङका दावा लामाका साथबाट खैरो हेरोइन बरामद गरेको हो ।
उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ । ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेको व्युरोले जनाएको छ । पक्राउ गरेपछि ३९ वर्षीय लामालाई पक्राउ गरेपछि सिटी स्क्यान गरिएको थियो ।
सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि औषधि प्रयोग गरेर निकालिएको थियो । लामाको शरीरमा भेटिएको क्याप्सुलको संख्या ९३ रहेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिनुभयो ।
पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि व्युरोले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो। उनी काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए । उनीसँगै प्रहरीले लागुऔषध कारोबार अभियोगमा अन्य एक जनालाई पनि पक्राउ गरिएको व्युरोले जनाएको छ ।
प्रतिक्रिया