राजनीति

ओली र नेपालबीचको भेटवार्ता सुरु



काठमाडौँ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा भेटवार्ता सुरु भएको छ।
सो भेटवार्ता कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेलको पनि सहभागिता रहेको छ ।
खनाल–नेपाल समूहको आज बसेको बैठकले ओलीले सोधेको स्पष्टीकरणको प्रतिवादसहित जवाफ दिने निर्णय गरेको छ । त्यस्तै आज नै यही समूहका नेता योगेश भट्टराईले अध्यक्ष ओलीलाई सरकारी निवास बालुवाटारमा नै गएर भेट्नुभएको थियो । भेटमा पार्टीलाई फुटबाट जोगाउन आग्रह गर्नुभएको थियो ।