Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

स्वास्थ्य

कोरोना संक्रमण बढ्दो क्रममा, एकैदिन २३ सय ५१ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २३ सय ५१ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८४४ पीसीआर परीक्षणबाट बुधवार २ हजार २२० जना संक्रमित फेला परेको हो । त्यस्तै ८०३ एन्टिजेन परीक्षणबाट १३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५१ जना काठमाडौँ उपत्यकाका छन् । काठमाडौँका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा २८७ जना कोरोनामुक्त भएका छन्। बुधबार १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन्