राजनीति

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा


काठमाडौँ – संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुँदैछ । सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र इश्वर खतिवडा रहनुभएको छ । लामो समयदेखि पेसीमा नचढेको यो मुद्दा आज सुनुवाई हुन लागेको हो ।

सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो । हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो ।
यो रिट यसअघि १९ पटक पेसीमा चढेको थियो ।