राजनीति

सांसद अपहरण काण्डको खुलासाः यस्तो आयो रहस्य, ओलीले राजीनामा दिनुपर्छ (भिडियोसहित)


काठमाडौँ – केन्द्रमा मात्र सीमित रहेको सांसद किनबेचको खेल अब प्रदेशमा पनि सरेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताउनु भएको छ । योहो टेलिभिजनको नियमित कार्यक्रम योहो बहसमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो प्रवृत्ति गण्डकी प्रदेशमा देखिन खोजेको बताउनु भएको हो ।

आफ्नो पार्टीका नेता खिमविक्रम शाहीलाई कोरोना संक्रमित भएको भन्दै अपहरण शैलीमा एकाएक अस्पताल पुर्याएको उपाध्यक्ष पौडेलको दावी छ । पार्टीका नेता शाहीको सहायताले प्रदेश सरकार बचाउन खोजेको आरोप पनि उहाँले लगाउनु भयो । अहिलेसम्मको इतिहासमा राष्ट्रिय जनमोर्चा पार्टीको छविमा दाग नलागेको र सधै स्पष्ट र स्वच्छ छवि लिएर अघि बढेको पार्टी भएको पनि बताउनु भयो । त्यही छविको आशा अनुसार पार्टी अहिले पनि अघि बढेको बताउनु भयो । यद्यपि, यस्तो कोशिस विगतका दिनहरुमा पनि भएको र त्यसले सफलता प्राप्त गर्न नसकेको कुरा जानकारी दिनुभयो । नेता शाहीको पछिल्लो वक्तव्यले पनि त्यो आश पलाएको उहाँले बताउनु भयो ।


थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।