विदेश

भारतलाई अमेरिकाको सहयोग


काठमाडौँ – कोरोना महामारीसँग जुधिरहेको भारतलाई अमेरिकाले सहायता सामग्री पठाएको छ ।
अमेरिकाले पठाएको सामग्री आज बिहान भारतमा झारिएको हो । अमेरिकी वायुसेनाको जहाजमार्फत पठाइएको सामग्रीमा ४ सयभन्दा धेरै अक्सिजन सिलिण्डर, १० लाख र्यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेका छन् । यसै हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको लडाईंमा भारतलाई अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । जसअन्तर्गत आज पहिलो चरणको सहायता सामग्री प्रदान गरिएको हो ।