मनोरञ्जन

गायक प्रकाश सपूतलाई कोरोना पुष्टि


काठमाडौँ – सामाजिक विभेद र बेथितिविरुद्ध गीत गाउने गायक प्रकाश सपुत कोरोना भाइरसबाट संक्रमित भएको छ ।
गायक सपुतले शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने जस्ता लक्षण देखेपछि राजधानीस्थित एक अस्पतालमा पीसीआर रिपोर्ट परिक्षण् गराएका थिए । आफुलाई कोरोना संक्रमित भएको भनेर सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका हुन् ।
अहिले उनी होम आइसोलेसनमा रहेको र स्वास्थ्य स्थिति पनि सामान्य नै रहेको छ । साथै उनले पछिल्ले समय आफूसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर परिक्षण गराउनसमेत आग्रह गरेका छन् ।

उनी फेसबुकमा लेख्छन् ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौं!’ ।